बजेट कार्यान्वयनको लागि योजना बनाउन प्रधानमन्त्रीको निर्देशन


प्रकाशित मिति : २०७५ ,जेष्ठ , २५ 17:25:16

35217-20180608172516.jpg

काठमाडौं l प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ भित्र सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि  योजना बनाउन सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ । 

शुक्रबार सिंहदरबारमा मन्त्री र सांसदहरुको संयुक्त बैठक बोलाएर उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आवश्यक कार्ययोजना असार १५ गते भित्र बनाइसक्न निर्देशन दिनुभएको हो । उहाँले बजेट कार्यान्वयनका कार्यतालिका, त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन, कानुन निर्माण, कार्यान्वयनका लागि जवाफदेही निकाय र अनुगमनको सूचक स्पष्ट उल्लेख हुने गरी कार्ययोजना तय गर्न पनि मन्त्री र सचिवहरुलाई सचेत गराउनुभयो । 

प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेदेखि कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले बजेटमाथि असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले सरकार सुशासनमा दृढ रहेको उल्लेख गर्दै त्यसको प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध भएर लाग्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । 

प्रतिकृया दिनुहोस