संयुक्त भूतपूर्व सैनिक संघमा पुनः नरबहादुर


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २ 21:03:59

34482-20180516210359.jpg

दूधे । झापा शिवसताक्षीको संयुक्त भूतपूर्व सैनिक संघ नेपालको अध्यक्षमा पुनः नरबहादुर राई सर्वसम्मत चयन भएका छन् । संस्थाको आठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट राई सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा प्रेमबहादुर राई, सचिव चन्द्रबहादुर लिङ्देन, सह सचिव निर्मला प्रधान, कोषाध्यक्ष धनबहादुर राई रहेका छन् । सदस्यहरु टिका पतवान, दिलकुमार मेयाङ्बो, कालीबहादुर लिम्बू, टेकबहादुर राना मगर, चन्द्रबहादुर थेवे, जापान थेवे, भिमबहादुर इङ्नाम र ललितकुमार इजम सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रममा भूतपूर्व सैनिक संघ नेपालको कार्यालय भवन निर्माणमा नगद तथा जिन्सी सहयोग गर्ने सैनिक परिवार सदस्य र अन्य महानुभावहरु गरी २६ जनालाई सम्मान पत्रद्वारा सम्मानित गरेको थियो । भूतपूर्व सैनिक परिवार सदस्यहरु मध्येबाट २०७३ सालको एस इ ई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने लक्ष्मी लिम्बुलाई कदर पत्र प्रदान गरिएको कोषाध्यक्ष धनबहादुर राईले बताए ।

कार्यक्रमको उद्घाटन सत्र क्षेत्र नं. ४ (क) बाट निर्वाचित प्रदेश १का सांसद झलकसिंह दर्लामी मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने समाजसेवी रतन थिङ्लाबो, शिवकुमार यङ्याले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम शिवसताक्षी दूध रहेको संघको कार्यालय भवनमा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस