अनलाइन मिडियाबारे आचार्यको सहजीकरण


ज्ञानु घिमिरे, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २ 16:59:46

34480-20180516165946.jpg

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले प्रदेश कमिटीमा निर्वाचित सदस्य पदाधिकारीहरुलाई आज बिर्तामोडमा स्वागत तथा सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटीमा निर्वाचित कोषाध्यक्ष अम्बिका भण्डारी तथा सदस्यहरु तीर्थ सिग्देल, विमल लामिछाने र रेजिना गौतमलाई स्वागत तथा  सम्मान गरिएका हो ।

कार्यक्रममा न्यू मिडिया र पत्रकारिताका बारेमा सञ्चारविद् भानुभक्त आचार्यले नेपाली पत्रकारिताको विकासमा अनलाइन मिडियाको भूमिकाका बारेमा अनुसन्धानात्मक परिचर्चा गरेका थिए ।

उनले अनलाइन मिडियाको सबल र दुर्बल पक्षका बारेमा परिचर्चा गर्दैै अनलाइन मिडियामा समाचार लेख्दा र साभार गर्दा पालना गर्नु पर्ने विधिका बारेमा जानकारी गराएका थिए ।

आचार्यले पत्रकारले खोजमुलक तथा सत्यतथ्य समाचार अनि समय सापेक्ष समाचारलाई जोड दिएर व्यावसायिक र रचनात्मक काममा अग्रसर हुन सुझाव दिए ।
 

प्रतिकृया दिनुहोस