भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !


अनलाइन, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २ 15:00:21

34475-20180516150021.jpg

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।

बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ ।

भोलि मदन भण्डारी स्मृति दिवस हो । भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ । कार्यक्रमपछि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो ।

सम्भव भए भोलि नै ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।

एमाले र माओवादी पार्टी एकता गर्ने सहमति गर्दै गठबन्धन बनाएर चुनाव लडेका थिए । कार्यदल बनाएर बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएका छन् ।

 

प्रतिकृया दिनुहोस