झापाको दमकमा जिउँदो आकाश मञ्चन हुने


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २ 11:31:26

34473-20180516113836.jpg

दमक  । झापाको दमक स्थित गोर्खा डिपार्टमेन्ट सभाहलमा नाटक जिउँदो आकाशको मञ्चन तयारी तिव्रगतिमा रहेको छ ।

दमकमा जेष्ठ ११ देखि १३ गतेसम्म मञ्चन गरिने जानकारी गराइएको छ ।
नेपाली रंगमञ्चमा पहिलो पल्ट तेस्रो लिंगीहरूका विषयमा साईलेण्ट आक्ट थ्रिएटर तयार पारेको यश नाटक भारतको आठौं अन्तर्राष्ट्रिय ड्रामा ओल्मपिक फेस्टिभलमा सहभागी हुन सफल नाटक नेपालमा मात्र ५४ पटक मञ्चन भइसकेको छ ।

इलामको चुलाचुली रंगमञ्चले आयोजना गरेका यश नाटक चन्द्र पाण्डेको लेखन र रोशन मेहेताले निर्देशन गरेका छन । १ घण्टा १५ मिनेट समय रहेका नाटकमा अनिल सुब्बाको एकल अभिनय रहेका छ ।

बैशाख १ गते दमकको बाँस झ्याङ होटलमा पत्रकार सम्मेलनमा आयोजक तथा संयोजक असोक बस्नेतले भने, समसमाहिक सामाजिक मुद्दाका रूपमा रहेका तेस्रो लिंगीहरूको विषयमा बनेका नाटक सवैले हेरिनु पर्ने बताएका छन ।

इलामको चुलाचुली, मोरङ उर्लाबारी, झापाको केर्खा, दमक लगायत ठाउँमा व्यापक रूपमा पोस्टर प्रचारप्रसार गरेका नाटक हेर्न टिकट २ सय र ५ सय रहेका छ । आरामदायी सिटमा एसि जडान हल समेत रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस