भारतको गोदावरी नदीमा डुंगा डुब्दा ३० बेपत्ता, बनारसमा पुल खस्दा १८ जनाको मृत्यु


एजेन्सी, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २ 07:15:30

34467-20180516071531.jpg

काठमाडौं । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ ।

डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ । सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार गरिएको थियो ।

यता बनारसमा एउटा बन्दै गरेको आकाशे पसल खस्दा १८ जनाको मृत्यु भएको । धेरै मानिस घाइते भएको दुर्घटनास्थलबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ । पुल खस्दा सडकमा गुडिरहेका गादी किचिएको हो

प्रतिकृया दिनुहोस