भारतबाट १८ अर्बको बिजुली खरिद


प्रकाशित मिति : २०७५ ,जेष्ठ , २ 06:11:13

34461-20180516061113.jpg

काठमाडौं ।  स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक बर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । 

यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैयाँको बिजुली आयात भएको देखिन्छ ।

चालू आर्थिक बर्ष सकिन अझै दुई महिना बाँकी छ । दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ । 

यस अवधिमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।नागरिक दैनिकबाट ।

प्रतिकृया दिनुहोस