झापाको दूधेमा प्रथम शिवसताक्षी राष्ट्रिय कराँते प्रतियोगिता हुने


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , १ 18:28:38

34458-20180515182839.jpg

दूधे । शिवसताक्षीको दूधेमा प्रथम शिवसताक्षी राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।  

शिवसताक्षीे दूधे स्थित संयुक्त भूतपूर्व सैनिक संघ नेपालको कभर्डहलमा जेष्ठ २५ र २६  गते प्रतियोगिता हुने शिवसताक्षी नगर कराँते संघका अध्यक्ष जगन कार्की (दुर्वासा) ले बताए ।

शिवसताक्षी नगरमा रहेर खेलकुदको माध्यमबाट खेलको विकास र विस्तारका लागि राष्ट्रिय स्तरको खेलको आयोजना गरिएको खेल संयोजक प्रविन लिम्बुले जानकारी दिए । उनले स्थानीय स्तरमा खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरसम्म पुर्याउन लागि परेको बताए ।

खेलमा सातै वटा प्रदेशबाट ७ वटा टिम र आयोजक १ गरी ८ टिमको सहभागीता हुने छ । ।  प्रतियोगितामा पुरुष कुमुते खेल तर्फ ४५ केजी देखि ६७ केजी सम्म र सो भन्दा माथीकाले सहभागीता जनाउने छन्  । त्यस्तै महिला तर्फ ४५ केजी देखि ६८केजी र सो भन्दा माथिका खेलाडीले सहभागिता जनाउन पाउने संयोजक लिम्बुले जानकारी दिए । त्यस्तै डोजो र एकल महिला पुरुष काता खेल हुने बताइएको छ । खेलमा जम्मा ३१६ जना खेलाडीहरुले सहभागिता हुनेछन् ।

खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव दर्शन तुम्बापोले बताए ।
प्रतियोगितमा १० लाख खर्च हुने आर्थिक संयोजक यामनाथ काफ्लेले बताए । उनले विभिन्न संघ संस्था, खेल प्रेमी, पूर्व खेलाडी र वैदेशिक रोजगारीमा गएका स्थानीय खेल प्रेमी र नगरपालिकाको सहयोगमा प्रतियोगिताका लागि रकम जुटाइने जानकारी दिए ।

त्यसैगरी  जेष्ठ २४ गते सोही कभर्ड हलमा अन्तर नगर झापा जिल्ला स्तरीय कराँते प्रतियोगिता हुने बताइएको छ ।प्रतियोगिता  शिवसताक्षी प्रथम कराँते संघ, लाइन्स क्लब अफ शिवसताक्षीको सहकार्य र दूधे डोजोको आयोजनामा हुने भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस