सरसफाई र चियापान गरी अनेरास्ववियुले स्थापना दिवस मनायो


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , १ 17:43:35

34453-20180515174338.jpg

बिर्तामोड । झापामा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले ५४औं स्थापना दिवस मनाएको छ ।

चारआलिमा रहेको त्रिदेव क्याम्पसमा बृहत सरसफार्इ कार्यक्रमको आयोजना गरेर आफ्नो संगठनको स्थापना दिवस मनाइएको हो । सबिन ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आशिष पौडेलले गरेका थिए ।

त्यसै गरि झापा बिर्तामोडमा रहेको देवि क्याम्पसमा पनि अनेरास्ववियु देवि क्याम्पस कमिटीको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । निरोज थापाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सन्दीप आचार्यले गरेका थिए ।

दुबै क्यापसमा प्रमुख अतिथी अनेरास्ववियु झापा जिल्ला अध्यक्ष दुर्गा धमला, विशिष्ट अतिथि अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी सचीव राजेश कार्की, विशेष अतिथि अनेरास्ववियु पुर्व जिल्ला कमिटी अध्यक्ष रोशन सुवेदी, अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष सागर लिम्बूलगायत रहेका थिए ।

प्रतिकृया दिनुहोस