कनकाईमा विद्यालयस्तरीय फुटबल सुरु


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , १ 15:56:37

34449-20180515155637.jpg

सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठान सुरुङ्गाको आयोजनामा अन्तर मावि फुटबल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगितामा कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका १७ माद्यमिक विद्यालयको सहभागिता रहेको खेल संयोजक ऋषि राइले जानकारी दिए । 

फुटबल खेलको विकास स्कूलस्तरबाटै गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले ३ वर्षदेखि नियमित यस्तो प्रतियोगिताको आयोजना प्रतिष्ठानले गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष ज्योतिकुमार उप्रेतीले बताए । 

यसैबीच सोमबार भएको खेलमा रेडरोज मावि, चम्पापुर मावि  र चन्द्रज्योति मावि आ–आफ्नो खेलमा विजयी हुँदै दोस्रो चरणमा प्रवेश पाएका छन् ।

रेडरोज शिवसताक्षीले आदर्श मावि घैलाडुब्बालाई २-० गोलले पराजित गरेको छ । यसैगरी चम्पापुर माविले भृकृटी माविलाई टाइब्रेकरमा २-३ गोल अन्तरले विजय हासिल गर्यो । चन्द्रज्योति मावि झापा गाउँपालिकाले देवकोटा माविलाई २-० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको हो ।

प्रतियोगितामा विजयी तथा उपविजयी हुने टीमले नगद १६ हजार र ११ हजार तथा शिल्ड र ट्रफी पाउने छन् । 

हरेक खेलको म्यान अफ दि म्याचका विजयी खेलाडीले नगद ५०० पाउनेछन् ।  प्रतियोगिताको पहिलो चरणका खेलहरु कनकाई मावि सुरुङ्गाको खेल मैदान तथा दोस्रो चरणका खेलहरु आदर्श मावि घैलाडुब्बामा हुने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका सचिव दिनानाथ खतिवडाले बताए ।

प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य हिरा थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरिदिएका हुन् ।

प्रतिकृया दिनुहोस