आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम जेठ ७ गते


प्रकाशित मिति : २०७५ ,जेष्ठ , १ 09:48:48

34436-20180515094848.jpg

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते ल्याउने भएको छ ।

उक्त प्रयोजनका लागि संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ ।

सो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको दावी पनि गरिएको छ 

प्रतिकृया दिनुहोस