पृथ्वीनारायण शाहदेखि राजेश हमालसम्मको मूर्ति कुँदे नवीनले


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , ३१ 16:39:17

34420-20180514163917.jpg

काठमाडौै‌ं l  'वाह मूर्ति बनाएर पनि पैसा कमाईदो रैछ त।' कक्षा सातमा पढ्दै गरेका नविन सुबेदीले पहिलो पल्ट आफ्नो मेहनतको फल पाउदाँ दङ्गदास बनेर मनमनै गमे।

मोरङमा बाल्यकाल यस्तै माटा र ढुङ्गाबाट मनमौजी रुपमा मूर्ति बनाउन थाले उनले। एक कान दुर्इ कान मैदान हुदैँ उनको कला पूर्वी तराईका फाँटदेखि पहाडी जिल्ला सम्म पुग्यो। मान्छेहरु उनलाई देविदेवताका मुर्तिहरु बनाइदिन आग्रह गर्थे। आफ्नो रहरका मूर्ति बनाउन थालेका उनले केहि पैसा आर्जन गरेपछि बाआमा पनि दङ पर्थे।

स्कुलमा उनको प्रशंंसा हुन्थ्यो। उनी भन्छन्, 'जिन्दगीमा एउटा राम्रो मुर्तिकार नै बन्छु भन्ने बच्चै देखि अठोट लिएको थिएँ। केहि हद सम्म पुरा गरेँ।' आइतबार नख्खु स्थित उनको काम गर्ने  थलोमा पुग्दा उनी एक्लै महादेबको मुर्तिलाई आकार बनाउँदै थिए। लगभग दुइ दर्जन मूर्ति बनाइसकेका उनले मूर्ति बनाउने माटो भक्तपुरबाट ल्याउँछन्। उनी भन्छन्, 'मूर्ति बनाउने यो माटो त्यती उपयुक्त छैन तर विदेशबाट ल्याउन सकिँदैन त्यसैले यही माटोको भर पर्नु परेको छ।'

मोरङमै हुदाँ उनले नेपाली सेलिब्रेटीहरुको मूर्ति बनाएका थिए जुन आजसम्म जारी छ। उनी भन्छन्, 'एकदमै धेरै लहडी मान्छे हुँ म, फूर्सद भयो कि मूर्ति बनाईहाल्ने।' बिस्तारै उनको रहर नसामा परीणत भयो । त्यसपछी उनी ललितकलामा भर्ना हुन काठमाडौं आए। ललितकला पछि उनी त्रिभुवन विश्वविधालयबाट स्नातकोत्तर उर्तिण गरे।

किर्तिपुर बसाई तीन चार  वर्ष रह्यो। ठाउँको अभाव रहेकाले उनी जग्गा खोज्दै नख्खु दोबाटोमा पुगे। अहिले पाँच वर्षका लागि भाडामा लिएर उनले मूर्ति बनाइरहेका छन्। 'एक्लै छु, काठमाडौंमा चिने जानेको  पनि कोहि छैनन्।' यसकारण बजारीकरण गर्न गार्हो भइरहेको उनले दुखेसो पोखे। राज्यका सबै सयन्त्रमा गएर सहयोग मागे पनि कसैबाट सहयोग नपाएकोमा खिन्न छन् उनी । उनी भन्छन्, 'बजारीकरण गर्न सकेको छैन अर्को कुरा यहि देशमा केहि गर्छु भनेर लागेको पनि वर्षौ भयो। अपेक्षाकृत सहयोग पाइएको छैन्।'  

'चन्द्रागिरी डाँडोमा राखिएको पृथ्वीनारायण शाहको पूर्ण कदको मूर्ति पनि उनैले बनाएका हुन्। त्यसपछी मात्र अलि चर्चा हुन थालेको छ उनको। चर्चाले मात्र पेट नभरिने हुनाले घर बाटनै पैसा माग्नु पर्ने अवस्था रहेको बताउँछन् उनी। उनले रेजिन फाइबर ग्लास र ढुङ्गाहरुको प्रयोग गरेर नेपाली कला संस्कृति झल्कने  मुर्तिहरु बनाइरहेका छन्।

कृष्णहरि बराल, रामकृष्ण ढकाल, भक्तराज आचार्य, पारीजात,राजेश हमाल लगायत सेलिब्रेटिहरुको पनी  मुर्तिहरु कुनै उनका घरमा कुनै उनको टहरोमा थन्किएका छन्।  आफ्नो कला शिल्प र क्षमताको कुनै न कुनै दिन मुल्यांकन हुनेमा ढुक्क रहेका उनी आगामी दिनमा यो कामलाई अलि वृहत बनाउने बताँउछन्। 'अहिलेसम्म देश भित्रका सेलिब्रटी र विशिष्ट व्यक्तिको मात्र बनाइरहेको छु अब अन्तराष्ट्रिय स्तरका व्यक्तिको पनि बनाएर एउटा पार्कमा सजाउने ईच्छा रहेको बताए।

भन्छन्, 'सके शहर मै बनाउला नसके आफ्नै गाउँमै भएपनि पार्क बनाउछु।' अस्तव्यस्त काठमाडौको दैनिकीमा आफ्नो कला निखार्दै दिन रात मूर्ति बनाइरहेका ३३ वर्षिय नविन  भन्छन्, 'शहरमा बाँच्न सकिएन भने गाउँ जान्छु गाउँमा नै खेतिपाति र मूर्ति बनाउने काम गर्नुपर्ला।' विदेश जाने कुरा सोचिसकेका छैनन् उनले। हालसम्म राज्यले केहि नगरेपनी आगामी दिनमा पक्कै केहि गरिदेला भन्ने आशामा छन् 

प्रतिकृया दिनुहोस