प्रथम उप–राष्ट्रपति चिल्डेन गेम्स छनौट प्रतियोगिता सम्पन्न


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , ३० 21:37:10

34398-20180513213710.jpg

भद्रपुर । प्रथम उप–राष्ट्रपति चिल्डेन गेम्स २०७५ को झापा जिल्ला विद्यालय स्तरीय खेलाडी छनौट प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को बार्षिक कार्यक्रम अनुसार झापा जिल्ला खेलकुद विकास समिति झापाले भद्रपुरस्थित मेची रंगशालामा आयोजना गरेको खेलाडी छनौट कार्यक्रममा जिल्लाभरका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत १४ बर्षमुनिका कक्षा ६ देखि ८ सम्मका ५ सय बढी विद्यार्थीले भाग लिएका थिए ।

उसु, कराते, तेक्वान्दो र एथलेटिक्स(१०० मीटर दौड, २०० मीटर दौड, लङ्गजम्प, ट्रिपलजम्प र सटपुट) गरी चार विद्याका खेलमा २३ जना खेलाडी छनौट भइ यही जेठ ७ र ८ गते विराटनगरमा हुन गइरहेको प्रदेशस्तरीय प्रथम उप–राष्ट्रपति चिल्डेन गेम्समा भाग लिने खेलकुद विकास समितिका कार्यालय सचिव टहलदास मैनालीले जानकारी दिए । उनका अनुसार उसुमा छात्रछात्रातर्फ ६, करातेमा ६, तेक्वान्दोमा ६ र एथलेटिक्समा ५ जना छनौट हुनेछन् ।  

खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षता तथा प्रदेश सांसद बसन्त बाँनियाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, स्थानीय विकास अधिकारी खेमराज ओझा, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेत, समितिका उपाध्यक्ष भेषराज भण्डारी लगायत, प्रशिक्षक, खेलप्रेमी, खेलाडीको उपस्थिती रहेको थियो ।   

प्रतिकृया दिनुहोस