एनएमसीको च्याउ उत्पादन तालिम तथा आँखा शिविर


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , ३० 21:19:31

34395-20180513211932.jpg

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत समितिहरु अन्तर्गत महिला समितिको आयोजनामा शनिबार दुईदिने व्यावसायिक च्याउ उत्पादन तालिम सम्पन्न भएको छ ।

शनिश्चरे स्थित गुरागाईँ प्रतिष्ठानमा सम्पन्न दुई दिन चलेको तालिममा एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रले सहजीकरण गरेका थिए । उनले च्याउ उत्पादनमा सम्बन्धी प्राविधिक ज्ञानका बारेमा जानकारी गराउँदै प्रयोगात्मक तालिम समेत दिएका थिए । उनले च्याउलाई व्यावसायिक कृषिमा रुपान्तरण  गर्दै अग्र्यानिक च्याउ उत्पादन अबको आवश्यकता रहेको बताए । एनएमसी महिला समिति संयोजक भगवती घिमिरेको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । तालिमको औचित्य र एनएमसीले कृषि क्षेत्रमा लागिपर्ने किसानका लागि यस्ता तालिमको महत्त्व धेरै भएको र यसलाई निरन्तरता दिइने बताएकी थिइन् ।

तालिममा एनएमसी शनिश्चरे कार्यालयगत समिति संयोजक धर्मानन्द गुरागाईँ, सदस्य कृष्णप्रसाद भट्टराई, महिला समिति सदस्य पवित्रा बस्नेत, मधुमाया पाठकलगायतको उपस्थिति रहको थियो । २५ जनाभन्दा बढी एनएमसीका सदस्यहरुको उपस्थिति रहको कार्यव्रmमको सञ्चालन समितिका सदस्य सचिव हरिभक्त बरालले गरेका थिए । सहभागीका तर्फबाट भरत प्रसाईँ र मेनुका भट्टराईले प्रतिव्रिmया दिँदै कृषि क्षेत्रमा एनएमसीको चासोको प्रशंसा गरेका थिए ।

यसैगरी शनिबार नै संस्थाको विषयगत समिति एनएमसी स्वास्थ्य समितिको आयोजनामा एकदिने आँखा शिविर सम्पन्न भएको छ । जयपुरस्थित आदर्श उच्च माविमा सम्पन्न शिविरमा ३ सय बढीले सेवा लिएका थिए । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ३४ जनामा मोतिया बिन्दु देखा परेको थियो । मोतिया बिन्दुका बिरामीलाई आंशिक तथा पूर्ण सहुलियतामा अपरेसन गर्ने संस्थाले लक्ष्य लिए अनुरुप जिल्लाभर आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

एनएमसी बुधबारे कार्यालयगत समिति संयोजक डिल्लीराम तिम्सिनाको अध्यक्षतामा सम्पन्न शिविरमा सदस्य देवकुमारी शेर्मा, नरेन्द्रकुमार यादव, विशाल भण्डारी, विनिता खत्र, सन्चरानी लिम्बु, जीवनमणि कटुवाललगायतको उपस्थिति रहेको थियो । कार्यव्रmमको सञ्चालन एनएमसी बुधबारे कार्यालयका कार्यालय प्रमुख दिवस खतिवडाले गरेका थिए ।

प्रतिकृया दिनुहोस