चीनसँगको व्यापारिक नाका रसुवागढीमा पहिरो


प्रकाशित मिति : २०७५ ,बैशाख , ३० 15:42:52

34389-20180513154252.jpg

रसुवा l चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा सुख्खा पहिरो गएको छ ।

रसुवागढी नाका जोड्ने धुन्चे स्याफ्रुबेँशी टिमुरे सडकखण्ड अन्तर्गत स्याफ्रुबेँशीमा सुख्खा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोको कारण आइतबार दिउँसोदेखि सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो । 

सडक खुलाउनका लागि स्काभेटर ल्याएर काम सुरु भएको छ । सडक खुलाउन ढिलोमा पाँच घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस