कर्णराजको ‘भाइरल भयो रे’ सार्वजनिक


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २९ 14:38:23

34360-20180512143823.png

काठमाण्डाैं । गायक कर्णराज गिरीको ‘भाइरल भयो रे’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । कर्णप्रिय एल्बममा समावेश सो गीतको भिडियोमा माला लिम्बू, नयन डिसी र ग्रोभी ब्वाइजलाई फिचर गरिएको छ ।

नयन डिसीले निर्देशन गरेको भिडियो गायक कर्णराजले आफ्नै युट्युब च्यानलबाट दर्शकमाझ ल्याएका हुन् । उत्सव दाहालले खिचेको भिडियोको कोरियोग्राफी सूर्य योन्जनले गरेका छन् ।

गायक कर्णराजकै संगीत रहेको गीत नारायण बस्नेतले लेखेका हुन् । आफ्नो गीत दर्शक–श्रोताले मन पराइरहेको गायक कर्णराजले बताएका छन् ।

प्रतिकृया दिनुहोस