त्रिशूली नदीमा १५ वर्षपछि ६० किलोको माछा


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २९ 13:51:59

34357-20180512135159.jpg

धादिङ l धादिङको मलेखुस्थित त्रिशूली नदीमा ६० केजीको माछा शनिबार बिहान बल्छीमा परेको छ । स्थानीयहरुले दैनिक जसो थाप्ने बल्छीमा परेको यति ठूलो गुन्च जातको उक्त माछा १५ वर्ष पछि मात्रै बल्छीमा परेको स्थानीयले दाबी गरेका छन् ।

स्थानीयले गत शुक्रबार साँझ फुर्केखोला पूलमुनी थापेको बल्छीमा परेको अवस्थामा शनिबार बिहान यति ठूलो माछा भेटिएको हो । निकै ठूलो माछा भेटिएपछि हेर्नेको भीड लागेको छ ।त्रिशूली नदी किनार वरपरका वालुवा प्रशोधन उद्योगहरु बन्द भएपछि नदी सफा हुँदै गएपछि माछा पनि बढदै गएका छन् ।

प्रतिकृया दिनुहोस