गायिका जलजला परियारलाई अामाले मृगौला दिएर अर्को जन्म दिईन


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २९ 12:45:38

34354-20180512124538.jpg

नेपाल ताराकी कान्छी गायिका भनेर परिचित गायिका जलजला परियार केहि समय देखि दुबै मृगौला फेल भएर हस्पिटलमा छटपटि रहनु भएको थियो। शुरु शुरुमा निक्कै  समस्या आए पनि मिडियामा प्रचार भए पछि धेरै सहयोगि हातहरुले साथ दिए पछि अहिले जलजलाले पुर्न जिवन पाउनु भएको छ ।

अार्थिक समस्या समाधन भए पनि  मृगौला कसले दिने भनेर चिन्ता छाईरहेको  बेलाआफ्नै जन्म दिने आमा संग मृगौला मिल्न गए पछि परिवारमा खुशि छाएको थियो र जलजलालाई आफ्नै  अामाले मृगौला दिएर छोरीलाई  पुर्न जिवन दिनु भएको थियो ।

जलजला बचाउ अभियान मार्फत लाखौ रकम जलजलाका फ्यानहरु,  मिडियाकर्मी र गायक गायिका बाट संकलन भएको थियो ।पहिलो नेपाल आई डल टप फोर बाट आउट भएपनि लाखौ फ्यान भएका सागर आलेले पनि दश लाखको हाराहारीमा रकम संकलन गरेर सहयोग गर्नु भएको थियो ।

गायक तथा सगितकार महेन्द्र् राई र गायिका दिपा तामाङ्गको पहलमा २० लाख भन्दा बढि रकम संकलन गरेर जलजलालाँई सहयोग गरेका थिए ।संम्पुर्ण सहयोग रकम लगभग ६४ लाख संकलन गरेर जलजलालाई नया जिवन दिन सफल भयो ।

अहिले गायिका जलजला परियार भारतमा सफल उपचार पछि नेपाल आईपुगेकि छिन् । अाफूलाँई सहयोग गर्नु हुने संम्पुर्ण चिर अपरिचित मानुभावलाई धन्यबाद  दिएकी छिन् ।स्वास्थ्यमा सुधार भए पछि पुनः गायन क्षेत्रमा  चाडै फर्किने उनले बताएकि छिन् ।हामी पनि भगवान संग प्राथना गरौ जलजलाको स्वास्थ्यमा चाडै सुधार होस  यहि कामना गरौ।

प्रतिकृया दिनुहोस