अल्ट्रा म्याराथन व्यास नगर दमौलीमा


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २९ 11:56:59

34351-20180512115700.jpg

दमौली l  खेलको माध्यमबाट तनहुँ व्यास नगरपालिकाको मानहुँकोट र पुलिमराङलाई पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले शनिबार प्रथम व्यासनगर खुल्ला अल्ट्रा म्याराथन प्रतियोगिता सुरु भएको छ । पर्यटकीय गाउँ मानहुँकोटबाट सुरु भएको म्याराथन सहिद गाउँ पुलिमराङ पुगिसकिने छ ।

४४ किमी दुरी कायम गरिएको म्याराथुन प्रतियोगितामा राष्ट्रिय खेलाडी धावक सहित १ सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा प्रथम हुने धावकले नगद ७५ हजार ७५, दोस्रो हुनेले ५५ हजार ७५, तेस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने ५ जना धावकले जनही १० हजार ७५ रुपैयाँ दरले पुरस्कार प्राप्त गर्ने व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

खेलाडीको हौसाला बढाउन टाक्राङ्ग, अलैचे, चापाघाट, दमौली, बैरेनी, कलेस्ती, पुलिमराङ लगायतका ठाउँमा आमा समूह, युवा समूह, मगर, गुरुङ्ग, दरै, कुमाल, बाम्हण, क्षेत्री लगायतले जातिय भेषभूषामा सजिएर फुलमालाले स्वागत गरेका थिए । 

उक्त प्रतियोगिताको व्यास नगरपालिकाका नगरप्रमुख बैकुन्ठ न्यौपाने, पूर्व सभासद एवं पूर्व मेयर ध्रुव वाग्ले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

खेलकुद पर्यटनको विकास गर्ने उद्देश्यले म्याराथन प्रतियोगिता आयोजना गरेको व्यास नगरपालिकाका प्रमुख न्यौपानेले बताए । ‘व्यास नगरपालिका कला संस्कृतिमा धनी मात्र छैन ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व विशेष प्रकारको छ,’ उनले भने, ‘म्याराथनको माध्यमबाट यस क्षेत्रको पर्यटकीय प्रबर्द्धन गर्ने माध्यम भने खेलकुद हो ।' त्यसैले नगरपालिकाले पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस