१२१ किलोको माला मोदीको अभिनन्दन पछि


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २८ 13:35:37

34331-20180511133930.jpg

काठमाडौँ l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्र बिगाहमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला लगाइदिएका थिए।

त्यहाँ जनकपुर उपमहानगरपालिकाकाे मेयर लालकिशोर साहले मोदीको अभिनन्दन गरेका थिए । अभिनन्दन अघि उनले अभिनन्दनपत्र मैथलीमा पढेर सुनाएका थिए । अभिनन्दन पछि वीरगन्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले पनि १२१ किलो माला लगाएर सम्मान गरेका थिए ।

उनको नागरिक अभिनन्दनको कार्यक्रम हेर्नका लागि अभिनन्दनस्थलमा हजारौं मानिस सहभागी भएका छन्। अभिनन्दन कार्यक्रममा संघीय सरकारका मन्त्रीहरु ईश्वर पोखरेल, गिरिराजमणी पोखरेल, मात्रिका यादव लगायत प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीहरु र विभिन्न पार्टीका नेताहरुकाे सहभागिता रहेको छ।

मोदी जानकी मन्दिरमा पुजा गरेर अभिनन्दनस्थल पुगेका हुन्। अभिनन्दन पछि त्यहाँको उपस्थितहरुलाई सम्बोधन गरेपछि उनी विमान मार्फत काठमाडौं आउने छन्।

प्रतिकृया दिनुहोस