ओली एण्ड एसोसिएटले शुल्क नलिई अंग्रेजी तयारी कक्षा सुरु गर्ने 


अनिल वाग्ले  , प्रकाशित मिति : २०७५ ,बैशाख , २६ 21:17:37

34296-20180509211737.jpg

झापा । अष्टे«लिया पढ्न जानु धेरैको लक्ष्य हो । अष्टे«लिया धेरै युवाको रोजाई बन्दै पनि गएको छ यतिबेला । किनकी त्यहाँको पढाई र पढाई पछिको प्रगतिले त्यस देशमा गएर पढ्न चाहने युवाहरुको ‘चाम’ बढ्दै गएको हो । 

दशौं हजार नेपाली युवा त्यहाँ उच्च शिक्षा अध्ययनरत् छन् । हजारौंले त्यहीँ राम्रो रोजगारी पनि पाएका छन् । अष्टे«लिया अध्ययन गरेकाको लाइफ स्टाइल पनि लोभलाग्दै बन्ने गरेको छ । यति जान्दाजान्दै पनि अष्टे«लियाको यात्रा त्यति सहज पक्कै छैन ।

अष्ट्रेलिया जानका लागि केही पूर्वशर्तहरु पूरा गर्न जरुरी छ । ती पूर्वशर्तहरु पूरा गर्न गतिलो अनि विश्वासिलो कन्सलटेन्सी आवश्यक पर्दछ । यस्तै गतिलो अनि विश्वासिलो कन्सलटेन्सीको नाम हो, ओली एण्ड एसोसिएट अष्ट्रेलियन भिजा एण्ड एजुकेशन ।

धेरैको रोजाइको कन्सलटेन्सीका रुपमा रहेको ओली एण्ड एसोसिएटले दशौं हजार नेपाली विद्यार्थीलाई आप्mनो रोजाइको देश अष्ट्रेलियामा पढ्नका लागि सारथीको भूमिका निभाउन सफल भएको छ । यहाँ आइइएलटीएस गरेर अष्टे«लिया गएका धेरै विद्यार्थीहरुले उत्कृष्ट तथा नाम चलेका विश्व विद्यालयहरुमा अध्ययन गरिरहेका छन् ।

झापाको विर्तामोडमा पनि शाखा रहेको सो कन्सलटेन्सीले विद्यार्थीहरुलाई उत्कृष्ट नतिजामा आइइएलटीएस पास मात्र गराउने गरेको छैन, अष्टे«लिया पुगेका विद्यार्थीहरुसँग नियमित सम्पर्कमा रहेर काउन्सिलिङ पनि गरिरहको बिर्तामोड शाखाका म्यानेजर अशोक अधिकारीले बताए । 

‘हामी विद्यार्थीलाई राम्रो तयारी गराएर उत्कृष्ट रिजल्ट ल्याउने कुरामा कम्मर कसेर लागेका छौं’ अधिकारी भन्छन् ‘यतिमात्र होइन अष्टे«लिया पुगेका विद्यार्थीहरुसँग पनि हामी नियमित सम्पर्कमा हुन्छौं ।’

त्यस्तै ओली एण्ड एसोसिएट बिर्तामोड शाखाका मार्केटिङ कोअर्डिनेटर हरि ओली भन्छन् ‘अब हामी विद्यार्थीलाई अझ उत्कृष्ट बनाउन फ्रि इङ्लिस प्रिपरेशन क्लास पनि चलाउँदै छौं ।’ 

ओलीका अनुसार आगामी जेठदेखि बिर्तामोड शाखामा अष्टे«लिया जान चाहने र आइइएलटीएसको तयारीमा रहेका विद्यार्थीका लागि निःशुल्क कक्षा प्रारम्भ हुन लागेको छ । जसले विद्यार्थीलाई आइइएलटीएसको तयारी थाल्न अतिनै उपयोगी हुनेछ । 

अंग्रेजी विषयमा आफूलाई कमजोर महसुस गर्ने विद्यार्थीहरुलाई निःशुल्क कक्षामा आउन ओलीले भनेका छन् । कक्षा १२ को परीक्षा सकेका विद्यार्थीहरुले यसको सदुपयोग गर्न सक्ने बताउँदै उनले भने ‘यो कक्षामा अंग्रेजी कमजोर भएका माथिल्लो कक्षाका विद्यार्थी जो अष्टे«लिया जान चाहन्छन्, उहाँहरु पनि आउन सक्नुहुनेछ, शिक्षकहरुले पनि सहभागिता जनाउन सकिन्छ ।’

सामाजिक गतिविधिमा पनि सक्रिय रहेको ओली एण्ड एसोसिएटले सन् २००२ देखि नेपाली विद्यार्थीहरुलाई अष्टे«लिया पठाउने कार्यमा सारथीको भूमिका निर्वाह गर्दै आएको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत नै नयाँवर्षको अवसर पारेर सो कन्सल्टेन्सीले आगामी जेठ पहिलो सातादेखि अंग्रेजी तयारी कक्षा सुरु गर्न लागेको हो । सो कक्षामा अन्तरवार्ता दिने तरिका, लेखन कलाको विकास गर्ने तरिका र अन्य आधारभूत कुराहरुको जानकारी दिइने बताइएको छ । 

पूर्वी नेपालका विद्यार्थीहरुलाई सतप्रतिशत छनौट हुन सक्ने बनाउन सो कार्यको थालनी गर्न लागिएको म्यनेजर अधिकारीले बताए । 

अष्टे«लिया र नेपालमा गरी १४ शाखा रहेको सो कन्सलटेन्सीको अष्टे«लियामा मात्रै ५ वटा शाखाहरु रहेका छन् । ती शाखाले अष्टे«लियामा रहेका विद्यार्थीहरुलाई नियमित फलोअप, काउन्सिलिङ गर्नेदेखि पढाई सकेर त्यहीँ रोजगारीमा लाग्न चाहने युवाका लागि सहयोगी भूमिका निर्वाह गरिरहेको छ । 

बिर्तामोडको शनिश्चरे रोडमा रहेको सो कन्सलटेन्सीले सयौंलाई आइइएलटीएसको कक्षा प्रदान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस