श्री सतासीले गर्यो धुलाबारीमा स्वास्थ्य शिविर


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २६ 20:48:48

34292-20180509204848.jpg

मेचीनगर । श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोडले वैशाख २६ गते धुलाबारीमा वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

मेची आम्दा अस्पताल धुलाबारीमा सोही अस्पताल र दुर्गाचन्द्र मेमोरियल ट्रष्ट तथा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो ।

निःशुल्क स्वास्थ्य शिविरमा फिजिकल चेकअप, आँखा स्वास्थ्य जाँचसहित ल्याव टेष्ट गरिएको थियो । 

संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले दिनुभएको जानकारी अनुसार शिविरमा डाक्टर विजय लिङ्देन नेतृत्वको चिकित्सक टोलीले १०७ जनाको फिजिकल चेकअप गरेको थियो । यसैगरी ९७ जनाको आँखा स्वास्थ्य जाँच गरिएको थियो भने ३९ जनाको प्याथोलोजी परीक्षण गरिएको थियो ।

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुले स्वास्थ्य शिविर आयोजना गरेर नागरिकलाई सेवा प्रदान गरेकोमा श्री सतासीलाई धन्यवाद दिए ।

उनले सबै सहकारी संस्थाहरुले स्वास्थ्य शिविरजस्तै रचनात्मक कार्यक्रमहरु गर्दै गएमा समाज रुपान्तरणमा बल पुग्ने अपेक्षा पनि सुनाए ।

कार्यक्रममा दुर्गाचन्द्र मेमोरियल ट्रष्टका आई बैंक टेक्निसियन योगराज खत्रीले आँखा दानको महत्व बारे प्रकाश पारेका थिए ।

यस्तै मेची नेत्रालयका नेत्र चिकित्सक मिलन खत्रीले आँखा स्वास्थ्यका बारेमा सहभागीहरुलाई अवगत गराएका थिए ।

संस्था सञ्चालक समितिका सदस्य एवम् शिक्षा तथा तालिम समितिका संयोजक ध्रुब कनालको अध्यक्षतामा आयोजित स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा सहभागीहरुलाई संस्थाको मेचीनगर एकाई संयोजक जीवनाथ तिम्सिनाले शाब्दिक स्वागत गरेका थिए ।
 

प्रतिकृया दिनुहोस