आगामी बजेटमा प्रदेश र स्थानीय तहको भौतिक पूर्वाधारमा जोड' :अर्थमन्त्री खतिवडा


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २६ 15:54:04

34285-20180509155404.jpg

काठमाडौँ l अर्थमन्त्री युवराज खतिवडाले सरकारले वित्तिय अनुशासन कायम राख्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता बुधबार संसद समक्ष पेश गर्दै उनले उक्त कुरा बताएका हुन् । 

खतिवडाले व्यापार घाटा घटाउने, बजेट प्रणालीलाई सुधार गर्ने, सबै नागरिकलाई स्वास्थ्य बिमा गर्ने लगायतका कुराहरुलाई बजेटको सिद्धान्त र प्राथमिकताको आधारका रुपमा लिएको बताए ।

उनले सार्वजनिक र निजी विद्यालयहरुमा रहेको शैक्षिक भिन्नता बजेटले अन्त्य गर्ने बताए । विकास कार्यान्वयन गर्ने निकायहरुको सुधारको व्यवस्था गरिने उनले बताए ।उनले आगामी बजेट चरम गरिबी र भोकमारी अन्त्य गर्नेतर्फ बजेट उन्मुख हुने बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने मन्त्री खतिवडाले बताए । उनले प्रदेश र स्थानीय तह सञ्चालन गर्नका लागि भौतिक पूर्वाधारको निर्माणमा जोड दिइने गरि बजेट विनियोजन गरिने बताए ।

भूकम्पपछिको पूर्ननिर्माणलाई बजेटमा प्राथमिकता दिइने बताउदै अर्थमन्त्री खतिवडाले आर्थिक अनियमितता र भ्रष्टचारलाई नियन्त्रण गर्ने संस्थाहरूलाई बलियो बनाइने बताए ।

यस्तै,मन्त्री खतिवडाले बजेट निर्माणका लागि संसदहरूलाई रचनात्मक सुधार दिन पनि आग्रह गरेका छन् । उनले संसदहरुको सुझाव नीति तथा कार्यक्रम र बजेट कार्यक्रममा मार्गदर्शन हुने विचार व्यक्त गरे ।

प्रतिकृया दिनुहोस