कमल गाउँपालिकाका शिक्षकलाई मन्टेश्वरी तालिम 


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २१ 15:58:35

34129-20180504155835.jpg

केरखा । मेची युनेस्को क्लब केरखाको आयोजनामा यहाँ विद्यालय शिक्षा सुधार कार्यक्रम अन्तरगत मन्टेश्वरी सिकाई पद्धति तालिम सञ्चालन भइरहेको छ ।

कमल गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्ययालयको शिक्षामा  सुधार गर्ने कार्यक्रम अन्तरगत मन्टेश्वरी सिकाई पद्धति तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

गत वैशाख १६ गतेदेखि सञ्चालन गरिएको तालिम २५ गतेसम्म चल्ने मेची युनेस्को क्लबका अध्यक्ष मधुसुदन अधिकारीलेले जानकारी दिएका हुन् ।

गाउँपालिकामा अन्तरगतका २१ वटा सामुदायिक विद्यालयका ४२ जना तथा  निजी विद्यालयका २ जना गरी ४४ जना शिक्षक सहभागी रहेको तालिममा अर्जुन भट्ट र कमला देवकोटाले सहजीकरण गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस