नेपाली दूताबास स्पेनबाट सेवा प्रवाहको थालनी 


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २१ 11:24:33

34118-20180504112433.jpg

मेड्रीड,  स्पेन । स्पेनका लागि नेपाली राजदूताबास मेड्रीडबाट सेवा प्रवाह गर्न थालिएको छ ।

नेपाली दूताबास स्पेनले कार्यालय स्थापना गरी बिहीबारदेखि पासपोर्ट बनाउनेलगायत सबै सेवा दिन शुरु गरेको हो । 

मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवाको थालनी गरेको कृष्ण पौडेलले बताएका छन् । 

नेपाली दूताबास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण गर्न, कागजात प्रमाणिकरण गर्न, एनआरएन परिचयपत्र प्राप्त गर्न, विदेशीलाई भिसा प्रदान गर्ने लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । 
     
स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले  कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस