हल्दिबारीमा अपांगहरूलाई ४५ दिने मोबाइल मर्मत तालिम


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २० 21:00:12

34113-20180503210012.jpg

हल्दिबारी । हल्दिबारी गाउँपालिकाको आर्थिक सहयोगमा हल्दिबारीका अपांगहरूलाई ४५ दिने मोबाइल मर्मत तालिम आज उद्घाटन गरिएको छ ।

अपांग उत्थान समूह हल्दिबारीका अध्यक्ष दिलकुमार राजवंशीको अध्यक्षतामा भएको तालिमको उद्घाटन हल्दिबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले मैनबत्ती बालेर गरेका थिए । 

वडा नं. २ का वडा सदस्य शुकलाल राजवंशी, स्थानीय गरमकाली आधारभूत विधालयका प्रधानाध्यापक महेन्द्र गुरागाई, प्रशिक्षक रुद्र निरौलाको आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा शुकलाल राजवंशी र रुद्र निरौलाले मन्तव्य राखेका थिए । 

‘तालिम, शिक्षा, रोजगार, फरक क्षमता भएका व्यक्तिहरुको सरोकार’ भन्ने नाराका साथ तालिम सुरु गरिएको हो । 

अपाङ्गहरुलाई स्वरोजगार बनाउनका लागि गाउँपालिकाले मोबाइल मर्मत तालिम सञ्चालन गर्न १ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बताए ।

कार्यक्रमको संचालन सचिव खड्क गुरुङले गरेका थिए भने अध्यक्ष दिलकुमार राजवंशीले तालिमको अौचित्य माथि प्रकाश पारेका थिए । 

प्रतिकृया दिनुहोस