झापामा आइसिटी डे


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २० 09:03:18

34099-20180503090318.jpg

झापा । दोस्रो राष्ट्रिय सूचना तथा प्रविधि दिवस मई २ को अवसरमा क्यान महासंघ नेपाल झापाले बुधबार बिर्तामोडमा र्याली र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

झापाका स्थानीय तहमा नियुक्त भएका १४ जना सूचना प्रविधि अधिकृतहरुलाई बधाई दिँदै क्यान झापाले सम्मान पनि गरेको छ। 

क्यानका केन्द्रीय सदस्य दिपेस पाठकको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा प्रदेश नं. १ का उपाध्यक्ष भुपेन्द्र मैनाली तथा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी कृष्णप्रसाद कोइराला लगायतले सूचना प्रविधि अधिकृतहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

क्यान झापाका अध्यक्ष लक्ष्मीकान्त खनालको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको थियो । 

दिवसकै अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील युवाको सहभागितामा बिर्तामोडमा र्याली निकालिएको थियो ।

प्रतिकृया दिनुहोस