नवोदय बहुउद्देश्यीय सहकारीका सदस्यलाई बीमा रकम प्रदान 


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , १४ 20:58:41

33968-20180427210407.jpg

सुरुङ्गा । कमल गाउँपालिका ३ केरखा बजारमा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको सुरुङ्गा सेवाकेन्द्रले आज सदस्य मृत्यु राहत वापत एक परिवारलाई बीमा रकम प्रदान गरेको छ ।

संस्थाका सदस्यको मृत्यु भएमा तिनका परिवारले बीमा रकम पाउने संस्थाको नियमानुसार सावित्रादेवी राजवंशीलाई दुई लाख पाँच हजार २०० रुपैयाँ प्रदान गरिएको संस्थाका आन्तरिक लेखा परीक्षक  रविन सुव्बाले जानकारी दिए ।

संस्थामा आवद्ध रहेकै अवस्थामा शेयर सदस्यहरु कालीप्रसाद राजवंशी र श्रीमती पार्वती राजवंशीको गतवर्ष बाढीका कारण मृत्यु भएकाले उनीहरुकी छोरी सावित्रीलाई बीमा रकम प्रदान गरिएको हो ।

प्रतिकृया दिनुहोस