वैशाख २२ गते बिर्तामोडमा छन्द कविता गोष्ठी


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , १० 20:33:13

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषद्वारा वर्षेनी गरिँदै आएको छन्द कविता गोष्ठी यही वैशाख २२ गते बिर्तामोडमा हुने भएको छ । 

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईले दिएको जानकारी अनुसार समितिको आज सम्पन्न वैठकले गोष्ठी आयोजनाको मिति निर्धारण गरेको हो । 

नेपाली मौलिक लोकलयको संरक्षण गर्ने उद्देश्यले तीन वर्षयता सञ्चालन हुँदै आएको गोष्ठीले यो वर्ष पनि निरन्तरता पाउने भएको हो । 

छन्दलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यले आगामी वर्षदेखि स्कूल तथा क्याम्पसका विद्यार्थीहरुलाई पनि गोष्ठीमा सहभागी गराउन पहल गर्ने निर्णय भएको उपाध्यक्ष विष्णुकुमार भट्टराईले बताए । 

प्रतिकृया दिनुहोस