अनुभुति


अमित संग्रौला , प्रकाशित मिति : २०७५ ,बैशाख , १० 07:57:17

कविता

33852-20180423075717.jpg

महसुस गरेर हेर्छु
मेरो यही आत्माभित्र
म कति आनन्दित हुन्छु
प्रफुल्ल हुँदै आत्माको नजिक पुग्छु
सक्तिन कहिल्यै क्रोधमा गर्न काम
मेरो आत्माको अनुरागी बनेर
नल्याउ ती कुराहरु 
जसले मेरो मनलाई ठेस पुर्याउँछ
चाहन्छु म सधैंभरि
देशमा शान्ति कायम होस 
र, 
मानव सेवामा जीवन समर्पण गरुँ
जताततै हिंसा दन्किरहेको छ
छैन कसैको हृदयभित्र
भावना र करुणा
त्यसैले त आज म
शान्तिको मार्ग हिंडिरहेको छु
महान उद्देश्य बोकेर
समस्त जीवात्मालाई साक्षी राखेर
बैसुधैव कुटुम्वकम् भन्दै
समाजसेवा गर्न चाहन्छु

आज यही आत्माको
नजिक पुगेर भनिरहेको छु
जेलिएको छु अन्त्यहिन संघर्षबाट
मेरो अन्त्यहिन उकुसमुकुस रहेका
मेरो सपनाहरू
सक्तिन अरुलाई सुनाउन
त्यसैले आज म भनिरहेको छु
यही नै मेरो आत्माभित्रको अनुभुति हो ।


बिर्तामोड, झापा
 

प्रतिकृया दिनुहोस