सञ्चारकर्मी घिमिरेकी छोरीले अनाथसँग मनाइन जन्मदिन


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , ३ 15:35:50

33716-20180416153550.jpg

धुलाबारी । जन्मदिनको अवसरमा संचारकर्मी खगेन्द्र घिमिरेकी छोरी रिदिमाले अनाथ बाल आश्रममा खुसि साटासाट गरेकी छिन् ।

तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको अवसरमा आज मेचीनगर–९ मा रहेको स्ववोध साधना केन्द्र अनाथ वाल आश्रममा भिन्न तरिकामा मनाएकी छिन । आफना बाबु खगेन्द्र र आमा रिताको साथमा उनी सो आश्रममा पुगेर त्यँहा रहेका १७ जना बालबालिकाहरुलाई फलफुल बितरण गरेकी थिइन् ।
लामो समय देखि आमा बुबा बिहिन अनाथ बालबालिकाहरु लाई शिक्षा प्रदान गर्दै आएको सो आश्रममा २ बर्ष देखि माथीका बालवालिका बस्दै आएका छन् ।

आश्रम संचालक समितिका अध्यक्ष बालकृष्ण थपलियाले बालबालिकाहरु का लागि बिभिन्न समयमा बिभिन्न क्षेत्रबाट जन्मदिन साथै कुनै अवसरमा यसरी नै सहयोग प्रदान गर्दै आउनु भएको बताए ।

सो आश्रम बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा संचालन हुदै आएको छ । अरुले बिभिन्न मनोरञ्जन गरेर मनाउने गर्छने तर आफुहरुले अनाथ बालवालिकाहरु पनि आफ्नै छोराछोरी सम्मान भएको हुँदा भिन्न तरिकामा उनको जन्म दिन मनाइएको आमा रिता घिमिरेले बताईन् ।

 

प्रतिकृया दिनुहोस