कमल नगर जेसीजको शुभकामना आदन प्रदान तथा क्यालेण्डर विमोचन


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , ३ 15:26:58

33715-20180416152658.jpg

केरावारी । कमल नगर जेसीजले नयाँ वर्ष २०७५ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  

क्यालेण्डरको विमोचन प्रमुखअ अतिथि कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले गरेकी थिईन् ।

कमल नगर जेसीजका अध्यक्ष जेसी केदार कटुवालको सभापतित्वमा भएको   कार्यक्रममा  गौरादह जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी हेम चन्द्र घिमिरे, पथरी जेसीजका वर्ष २०१८ का अध्यक्ष जेसी टिका विक्रम चौहान, मात्रिशाखा दमक जेसीज वर्ष २०१८ का अध्यक्ष  जेसी चन्द्र खत्रि ,कमल नगर जेसीजका मानार्थ सदस्य  जेसी राजन ढुङ्गानाले  कमल नगर जेसीजले गरेको कामको प्रशंसा गर्दै नयाँ वर्ष २०७५ सालको शुभकामना दिएका थिए ।

कमल नगर जेसीजका महासचिव जेसी  हेमचन्द्र दाहालले सन्चालन गरेका थिए भने  कार्यक्रम संयोजक जेसी प्रेम सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

 

 

प्रतिकृया दिनुहोस