उदयपुरको गढीमा आगलागी, दुई घर जले


अनलाइन, प्रकाशित मिति : २०७५ ,बैशाख , ३ 11:44:12

33710-20180416114412.jpg

उदयपुर । उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । 

आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र नगदसहित रु २० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । 

स्थानीयवासी र प्रहरी चौकी लापत्ताबाट गएको प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएका कारण अन्य घरमा भने क्षति हुन पाएन । 

प्रतिकृया दिनुहोस