दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा


प्रकाशित मिति : २०७५ ,बैशाख , ३ 06:18:54

33698-20180416061854.jpg

काठमाडौ । भोटेकोसी किनारको सुकुटे बीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ । 

राजनीतिक तनाव भयो कि, दाहाल रिफ्रेस हुनु हरके पटक सुकुटे पुग्ने गर्छन् । यसपटक पनि दाहाल तनाव साम्य पार्न आईतबार सकुटे पुगेका हुन् । पुर्वनिर्धारित सहमतिअनुसार रानीतिक गतिविधि अघि बढे एमाले माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ । एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्र नेताको दबाब तीव्र छ । 

एकीकरण हुँदा सैद्धान्तिक रुपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिेला सबैभन्दा ठुलो दबाब नेता व्यवस्थापनमा परेको छ । 

उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफुलार्य कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाद दिईरहेका छन् ।, 
अन्नपूर्ण पोष्टबाट ।

प्रतिकृया दिनुहोस