नयाँवर्षमा बिर्तामोडलाई होटल ग्राण्ड प्यासिफिक उपहार


ज्ञानु घिमिरे, प्रकाशित मिति : २०७४ ,चैत्र , ३० 20:54:31

33656-20180413205431.jpg

बिर्तामोड । सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँवर्ष २०७५ कोसमेत अवसर पारेर बिर्तामोडमा होटल ग्राण्ड प्यासिफिक प्रालि सञ्चालन गरिने भएको छ ।

झापाको बिर्तामोडमा वैशाख १ गतेदेखि व्यवसायिकरुपमा खुल्ला गरिने ग्राण्ड प्यासिफिकबाट आन्तरिक तथा बाह्य पर्यटक एवम् स्थानीय सेवाग्राहीलाई स्वादिष्ट, सफा, स्वच्छ एवम् गुणस्तरीय ताजा परिकार उपलब्ध गराउने होटल सञ्चालकले आज पत्रकार सम्मेलन गरी जनाएको हो ।

बिर्तामोडका मैनाली बन्धुहरु देवीप्रसाद, डिल्लीराम, डा. लक्ष्मीप्रसाद, गोपालप्रसाद, अर्जुनकुमार र सागरको करिब दुई करोड रुपैयाँको संयुक्त लगानीमा होटल खोलिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सात तले सो होटलमा २५ वटा सुविधा सम्पन्न डिलक्स तथा एसी रुमहरु रहेको तथा पार्टी हल तथा सुविधासम्पन्न सेमीनार हल पनि रहेको जनाइएको छ । 

होटलमा एकैपटकमा १०० जनालाई सेवा दिन सकिने, पार्टी तथा सेमीनार हलमा २०० जनासम्मको कार्यक्रम सञ्चालन गर्न सकिने पत्रकार सम्मेलनमा जनाइयो ।

२४ घन्टे सेवा प्रवाह गरिने प्रतिवद्धता जनाइएको सो होटलमा सेवाग्राही कोही बिरामी परेमा आकस्मिक स्वास्थ्य सेवासमेत प्रदान गरिने बताइएको छ । 
 

प्रतिकृया दिनुहोस