बुधबारेमा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , ३० 20:27:27

33655-20180413202727.jpg

बुधबारे । झापाको बुद्धशान्ति १ मा महिलाद्वारा आयोजना गरिएको उद्घोषण तथा व्यक्तित्व विकास सम्बन्धी ६ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । 

महिला छाता संगठन बुद्धशान्ति १ साविक बुधबारे ६ ले आयोजना गरेको तालिमको आज समापन भएको हो । 

संगठनका अध्यक्ष गीता खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का महिला सदस्य यमुना चापागाईको मुख्य आतिथ्यमा प्रशिक्षार्थी ४९ जनालाई प्रमाण पत्र वितरण गर्दै तालिम सम्पन्न भएको हो । 

लक्ष्मी प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य चापागाई, मुख्य प्रशिक्षक गोपाल काफ्ले, प्रशिक्षक अनिल वाग्ले, प्रशिक्षक हरिकृष्ण भण्डारीले तालिमको उपादेयताबारे आफ्ना धारणा राखेका थिए । 

समापन कार्यक्रममा बोल्दै सहभागी प्रशिक्षार्थीहरु मुना खनाल, जमुना ढकाललगायतले ६ दिने तालिम कार्यक्रम फलदायी रहेको बताएका थिए । 

पत्रकार गोपाल काफ्ले, अनिल वाग्ले, हरिकृष्ण भण्डारी र सरोज पौड्याल प्रशिक्षक रहेको कार्यक्रमको संयोजन गोकुल पौड्यालले गरेका थिए । 

प्रतिकृया दिनुहोस