पार्टी एकताको विषयमा विर्तामोडमा छलफल हुने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , ३० 15:50:30

33654-20180413155030.png

बिर्तामोड । दुई ठूला कम्युनिष्ट पार्टीबीच हुन लागेको एकताको विषयलाई लिएर झापाको बिर्तामोडमा छलफल गरिने भएको छ ।

शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान दमकको आयोजनामा बैशाख २ गते ‘अबको समाजवाद’ विषयक गोष्ठी आयोजना गरिएको प्रतिष्ठानका सचिव रेवतराज पुरी (गगन)ले जानकारी दिए । उनका अनुसार कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा कार्यव्रmम गरिनेछ ।

कार्यव्रmमलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ, राम कार्की र एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्ने प्रतिष्ठानका अध्यक्ष झलकसिंह दर्लामीले बताए ।

बिर्तामोडको आदर्श व्याङ्केटमा हुने गोष्ठीमा पार्टी एकता र आगामी नीतिका बारेमा गम्भीर बहस गरिने उनले बताए ।

दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बैशाख ९ गते एकता गर्ने भनिएको छ । त्यही अनुसार दुवै पार्टीका शीर्ष नेताहरु यतिखेर छलफलमा व्यस्त रहेका छन् ।

प्रतिकृया दिनुहोस