शिवसताक्षी नगरपालिकामा बैशाख ६ गतेबाट मेयर कप हुने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २९ 22:12:45

33630-20180412221245.jpg

दूधे । खेलकुदको विकाससँगै स्थानीय स्तरका खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले शिवसताक्षी नगरपालिकामा प्रथम मेयर कप हुने भएको छ ।
शिवसताक्षी नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी बैसाख ६ गतेदेखि १७ गतेसम्म खेल सञ्चालन हुने जानकारी गराएको हो ।
मेयर कप प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, कराँते र एथलेटिक्स गरि ५ बिधामा खेल सञ्चालन हुने  नगर खेलकुद विकास समितिका अध्यक्ष फूर्वा लामाले बताए । नगरपालिकाको  जन आदर्श मा.वि शिवसताक्षी ६ को खेल मैदानमा फुटबल, त्रिभुवन मा.वि शिवसताक्षी ४ मा भलिबल , मिलन चोक शिवसताक्षी ९ को खेल मैदानमा क्रिकेट, भगवती मावि शिवसताक्षी ७ को खेल मैदानमा एथलेटिक्स र नाम्मिङ्ग बोर्डिङ्ग स्कुल शिवसताक्षी १ को खेल मैदानमा कराँते खेल सञ्चानल हुने बताइएको छ ।  

प्रतियोगिताका विजेता र उपविजेताले नगदसहित ट्रफी, मेडल र  प्रमाण पत्र पाउने छन् । फुटबल खेलका विजेताले ७५ हजार, उपविजेताले ४१ हजार, भलिबल खेलका विजेताले ३० हजार, उपविजेताले २० हजार, क्रिकेटका विजेताले ३० हजार, उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ ।

मेयर कप प्रतियोगितामा १० लाख खर्च हुने नगरपालिका कर्मचारी तथा नगर खेलकुद विकास समितिका सचिव डिल्ली नेपालले  जानकारी दिए ।
वैशाख ६ गते जनआर्दश माध्यमिक बिद्यालयको खेलमैदानमा मेयर कप प्रतियोगिताको औपचारिक भप्य समारोहकावीच उद्घाटन हुने भएको छ ।
प्रतियोगिताको उद्घाटनमा नगरपालिका कर्मचारी र स्थानीय पत्रकारहरुवीच मैत्रीपूर्ण फुटबल खेल हुने समितिका अध्यक्ष लामाले जानकारी दिए ।
प्रतियोगिताको समापनमा शिबसताक्षी नगरपालिका क्षेत्र भित्रका राष्ट्रिय स्तरका खेलाडीहरुलाई सम्मान गर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस