ग्रामकालीको पुराणबाट सवा पाँचलाख बचत


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २९ 17:56:53

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ मा रहेको ग्रामकाली मन्दिर संरक्षण तथा टोल विकास समितिले पुराणबाट संकलित रकम अक्षयकोष बनाउन र भौतिक निर्माणमा खर्च गरिने भएको छ ।

यही चैत ४ गतेदेखि १२ गतेसम्म सञ्चालित श्रीमद् भागवत नवाह ज्ञान महायज्ञबाट पाँच लाख २३ हजार रुपैयाँ बचत भएको थियो । सो रकम मध्येबाट दुई लाख रुपैयाँ अक्षयकोषमा राखिने र बाँकी भौतिक निर्माणमा खर्च गरिने टोल विकास समितिका अध्यक्ष इन्द्रनारायण प्रसाईंले जानकारी दिए का हुन् । 

महायज्ञबाट १२ लाख दुई हजार १४३ रुपैयाँ संकलन भएकोमा छ लाख ७८ हजार ५४६ रुपैयाँ खर्च भई बाँकी रहेको रकम उल्लेखित कार्यमा प्रयोग गरिने प्रसाईंले बताएका हुन् । 

२०६९ सालमा दर्ता भएको ग्रामकाली मन्दिरप्रति श्रद्धालु भक्तजनहरुको आकर्षण बढ्दै गएको समितिका सचिव टीका अधिकारीले बताए । अधिकारीले अक्षयकोषमा छुट्याइएको बाहेक बचेको रकमले मन्दिरको घेराबारा गरिने जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस