जनस्वास्थ्य कार्यालयको समयावधी थप्ने मन्त्रालयको तयारी


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , २८ 18:44:05

33608-20180411184405.jpg

काठमाडौं l स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयको समयावधी थप्ने तयारी गरेको छ । जनस्वास्थ्य कार्यालय खारेज हुने निर्णयमा पुनर्विचार गर्दै सरकारले असार मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो ।

मुलुक संघीयतामा गएसंगै जिल्ला जनस्वास्थ्य कार्यलयलाई स्थानीय तह मातहत रहने यसअघिको निर्णय स्थगन गर्दै मन्त्रालयले समय थप गर्न लागेको हो ।

स्वास्थ्यका ६० प्रतिशत कार्यक्रम स्थानीय तहमा गएपनि ४० प्रतिशत कार्यक्रम अझैपनि जनस्वास्थ्य कार्यालयले हेर्नुपर्ने भएकाले समय थप गर्न लागिएको हो ।

यसअघिको निर्णय हाल स्थगित गरी जिल्ला जनस्वास्थ्य कार्यालयको समय आगामी असार मसान्तसम्मका लागि थप्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजान लागिएको योजना महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

स्थानीय तहमा जनशक्तिको अभाव तथा जनप्रतिनिधिलाई कार्यक्रम बारे पर्याप्त जानकारी नभएको अवस्थामा जनस्वास्थ्य कार्यालयको समय नबढाए स्वास्थ्यका कार्यक्रममा असर पुग्ने मन्त्रालयले बताएको छ ।

खोप, मातृशिशु, परिवार नियोजनलगायतका सेवाहरु जनस्वास्थ्य कार्यालयले प्रदान गर्दै आएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यलय तत्काल खारेज गर्दा खोप, मातृशिशु, प्रजनन तथा पोषण लगायतका कार्यक्रम प्रभावित हुने भन्दै समय थप गर्न लागिएको श्रेष्ठको  भनाई छ । 

प्रतिकृया दिनुहोस