मिस एसईईका लागि बिर्तामोडबाट १८ छानिए


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २८ 18:15:20

मिस मेचीका लागि ८ जना छनौटमा

33607-20180411181520.jpg

बिर्तामोड । एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडमा सम्पन्न पहिलो अडिसनबाट १८ प्रतियोगी छनौटमा परेका छन् ।

सहभागी २८ जनाबाट १८ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रालिका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।

एजुकेशन एण्ड माइग्रेसन कर्नर मुख्य प्रायोजक रहेको प्रतियोगिताको आगामी वैशाख २ गते बिराटनगर, ३ गते इटहरी, ४ गते धरान, ६ गते इलाममा छनौट कार्यक्रम आयोजना गरिने खरेलले जानकारी दिए । 

प्रदेश नम्बर १ का १४ वटै जिल्लाबाट प्रतियोगीलाई सहभागी गराउने उद्देश्य आयोजकले राखेको छ । छनौट कार्यक्रमको निर्णायकमा आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी, सञ्चारकर्मी सुभला तामाङ रहेका छन् । 

यसैगरी, ग्रुमिङ डाइरेक्टर निलम गुरुङ, मिस एसईई २०१७ का फस्ट रनरअप रिया आचार्य र एजुकेशन एण्ड माइग्रेसन कर्नर बिर्तामोड शाखा व्यवस्थापक अग्नि प्रसाई पनि निर्णायक रहेका छन् । 

अडिसनबाट छनौटमा परेका प्रतियोगीहरुलाई वैशाख दोस्रो साताबाट बन्द प्रशिक्षण दिइने जनाइएको छ । मिस एसईई लगत्तै ड्रिम्स वल्र्डकै ब्यानरमा हुन लागेको मिस मेचीको अडिसनसमेत आज नै गरिएको छ । जसमा ८ जना छनौटमा परेका छन् । 

प्रतिकृया दिनुहोस