शिवसताक्षीको ९ नं. वडामा खेलकुद समिति गठन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २८ 12:22:00

दूधे । शिवसताक्षी नगरपालिकाले वडा स्तरीय खेलकुद विकास समिति गठन गरेको छ । शिवसताक्षी न.पा.को वडा नं. ९ मा टेकबहादुर लिम्बु (साजन)को संयोजकत्वमा ९ सदस्यीय खेलकुद विकास समिति गठन भएको हो ।

जसमा सचिव लिलाबहादुर कार्की, कोषाध्यक्ष अनिसा पेथेगिम, कोषाध्यक्ष शक्तिमान थाम्साुहाङ्ग रहेका छन् । त्यसैगरी सदस्यहरुमा शान्ता साँवा, डिकबहादुर थाम्देन, देवी नारायण चौधरी, छविलाल पौडेल र विश्वास कार्की छन् ।

समितिले आउँदो बैसाख ६ गतेबाट शुरु हुने शिवसताक्षी मेयर कपमा ६ ओटा विधाका खेलमा वडा नं. ९ बाट खेलाडीहरुलाई सहभागी गराउने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस