सगरमाथा क्लब फाइनलमा 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २७ 11:12:44

33573-20180410111244.jpg

शान्तिनगर । इलाम नाख्खोपाको जुनियर्स डाइमण्ड बाल क्लबलाई हराउँदै आयोजक सगरमाथा बाल क्लब बुद्धशान्ति ६ बुद्धशान्तिमा भइरहेको बाल क्लब स्तरीय सगरमाथा जुनियर्स फुटबल कप २०७४ को फाइनलमा प्रवेश गरेको छ ।

आयोजकलाई फाइनल प्रवेशका लागि दोस्रो हाफको अन्तिम समयमा जर्सी नम्बर २३ का अभिषेक राईले गरेको गोल नै निर्णायक साबित भयो । 

त्यसैगरी दोस्रो तथा अन्तिम सेमीफाइनलमा मङ्गलबार स्वर्णिम बाल क्लब बर्ने र इलाम रोङ गाउपालिका ४ को न्यू स्टार बाल क्लब भिड्ने छन् । 

प्रतियोगिताको उपाधिका लागि चैत्र २९ गते प्रतिष्पर्धा हुनेछ ।

सगरमाथा बाल क्लबको प्रथम वार्षिकत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । 

सगरमाथा जुनियर्स फुटबल कपका लागि झापाको बुद्धशान्ति गाउँपालिका र इलामको रोङ गाउँपालिकाका ८ वटा बाल क्लबहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस