क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापालाई


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , २७ 10:46:22

33572-20180410104622.jpg

सोलुखुम्बु । सदरमुकाम सल्लेरीमा तीन चलेको पूर्वाञ्चलस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाले जितेको छ।  सल्लेरीमा सम्पन्न प्रतियोगितामा १४ जिल्लालाई पछि पार्दै झापाले उपाधि कब्जा गरेको हो ।

पुरुष तथा महिला सिंगल र डबल्स तर्फको प्रतियोगितामा झापाले दुई स्वर्ण, एक रजत तथा एक कास्य जितेको छ । त्यस्तै एक स्वर्ण, दुई रजत तथा दुई कास्यसहित मोरङ दोस्रो तथा एक स्वर्ण तथा तीन कास्य सहित भोजपुर तेस्रो भएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डीबी रानापालले जानकारी दिए ।

इलामबाहेक तत्कालीन पूर्वाञ्चालका १५ जिल्लाको सहभागिता रहेको खेलमा पाँचथरले एकस्वर्ण, तेह्रथुमले एक रजत र एक कास्य, सुनसरीले एक रजत तथा ताप्लेजुङले तीन कास्य जितेको छ। उपाधि विजेता जिल्ला तथा खेलाडीहरुलाई सोमबार नै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। पूर्वाञ्चाल क्षेत्रीय खेलकुद विकास समिति, विराटनगरको आयोजना तथा सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगितामा १५ जिल्लाका १ सय २० जना खेलाडीको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस