डाक्टरले बनाए अाफ्नै स्पर्मबाट धेरै महिलालाई गर्भवती


एजेन्सी, प्रकाशित मिति : २०७४ ,चैत्र , २६ 18:47:05

33564-20180409184705.jpg

क्यानाडाका एक प्रजनन चिकित्सकले आफ्नो स्पर्मबाट धेरै महिलालाई गर्भवती बनाएका छन् ।

डा. नोरमान ब्राँविनको विरुद्ध आफ्नो वा अपरिचितको स्पर्म प्रयोग गरेर धेरै महिलालाई गर्भवती बनाएको अभियोगमा दर्जनौ व्यक्तिले मुद्दा दर्ता गराएका छन् । गत वर्ष गरिएको डीएनए टेस्टमा डा. नोरमान आफ्नै बिरामीकी छोरीकाे जैविक  बाबु भएको पत्ता लागेको छ ।

दर्जनौ व्यक्तिले  डा. नोरमान उनका सन्तानको जैविक पिता भएको दाबी गर्दै आएका छन् । जब ११ जनाले आफ्ना सन्तानको डीएनए टेस्ट गर्न फर्टिलिटी क्लीनिकमा गए  तब पत्ता लाग्यो कि डा. नरमानले आफ्नो वा अरुकै स्पर्म प्रयोग गरेका रहेछन् । ओटावा र ओंटारियो फर्टिलिटी क्लीनिकको रिपोर्टको बारेमा डा. नरमानका वकिल केराँन हैमवेले भने  अस्विकार गरेका छन् ।

अन्य १६ जनाले गराएको डीएनए टेस्टमा उनीहरुका सन्तानको जैविक पिता अरु नै भ्एको पत्ता लागेको छ । डा. नरमानका वकिलले उनीहरुको पिताको बारेमा थाहा नभएको बताएका छन् ।अरु ३५ जनाले पनि स्पर्मको चुनाव गर्दा उनीहरुको सन्तानको डीएनएन  मिलेको छैन ।

गत नोभेम्बरमा डेनियल , डेविना डिक्सन र उनीहरुकी छोरी रिबेकाले डाक्टरका विरुद्ध उजुरी दिएका छन् । रिबेकाको डीएनए टेस्ट गराउँदा उनको जैविक पिता डा. नरमान भएको पत्ता लागेको छ ।

यो परिवार १९८९ मा गर्भाधानको लागि डा. नोरमानसँग सम्पर्कमा पुगेकाे थियो , डाक्टरसँग  सम्पर्क भएकाे  एक वर्षपछि रिवेकाको जन्म भएको थियो ।अामा डेविनाले रिबेकाको आँखाबाट शंका गरेकी थिइन । उनका पति डिक्सनको आँखा निलो छ तर रिबेकाको आँखा बाबुकाे सँग  मिल्दैनथियाे ।

प्रतिकृया दिनुहोस