सैनिक यूथ क्लबले चुम्यो बुद्धशान्ति कपको उपाधि


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २४ 20:22:01

33511-20180407202201.jpg

बुद्धशान्ति । प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सैनिक युथ क्लब बिर्तामोडले जितेको छ । 

बुद्धशान्ति १ होक्सेस्थित त्रिभुवन माविको खेल मैदानमा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा आयोजक होक्से युवा क्लबलाई ० का विरुद्ध १ गोल गर्दै सैनिकले उपाधि कब्जा गरेको हो ।

सैनिकका लागि जर्सी नम्बर ६ का राजकुमार कन्दङवाले दोस्रो हाफमा गरेको एक गोल नै अन्ततः प्रतियोगिताको निर्णायक बनेको थियो । 

उपाधिसँगै सैनिकले नगद ५० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको आयोजक होक्से युवा क्लबले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

आजको खेलको म्यान अफ दि म्याच विजयी टोलीका गोलकर्ता राजकुमार कन्दङवा घोषित भए । 

प्रतिकृया दिनुहोस