भद्रपुर नगरपालिकामा कांग्रेसको छाँया सरकार !


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २४ 14:45:46

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगर समितिको बृहत भेलाले छाँया सरकारका रुपमा नगर विकास तथा नागरिक सरोकार समिति गठन गरेको छ ।

झापा क्षेत्र नं ३ का क्षेत्रीय सभापति तथा स्थानीय निर्वाचनमा भद्रपुर नगरपालिकामा नगरप्रमुख पदका प्रत्यासी गणेश पोखरेलको संयोजकत्वमा ३३ सदस्यीय छाँया सरकार गठन गरिएको हो । 

सो छाँया सरकारमा उपप्रमुखका प्रत्यासी तारादेवी भूर्तेलसहित वडा अध्यक्षका प्रत्यासीहरु, विजयी नगर सदस्यहरु, पार्टीका नगर वडा समितिका संयोजक, सहसंयोजकहरु रहेका छन् ।

कांग्रेसको छाँया सरकारले भद्रपुर नगरको विकास निर्माण अनुगमन गर्ने, नगर प्रशासनका कमी कमजोरी भए खबरदारी गर्ने जिम्मेवारी पाएको छ । 

नगर संयोजन समितिका सभापति मोहन महर्जनको सभापतित्वमा सम्पन्न भेलाले भद्रपुर ८ का वडा अध्यक्ष गौरव सुब्बा (मनोज) लाई टोली नेताका रुपमा छनोट गरेको छ ।
 

प्रतिकृया दिनुहोस