क्षेत्र नं. ५ मा दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २३ 17:37:46

33486-20180406173746.jpg

कमल । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले खेलकुदले  मानिसको सवाङ्र्गगीण विकासका साथै शारीरिक तथा मानसिक र बौद्धिक विकास गर्ने भएकोले विद्यालय स्तरबाटै नानीहरुलाई खेलकुदमा सहभागी गराउनु पर्ने बताए ।

झापा क्षेत्र नं.५ अन्तर्गत दशौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री कार्कीले विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेलकुदमा जागरुक गराउँदा उनीहरुमा सकारात्मक सोचको विकास हुने बताए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथी झापा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष शंकर थापाले  झापा जिल्ला खेलकुदको उर्भरभूमि भएकोले यस्ता प्रतियोगिताले गाउँगाउँमा लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गराउने राम्रो अवसर रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले बताए ।

झापा मात्र यस्तो जिल्ला हो जसले गत वर्ष देखि राष्ट्रपति रनिङ्ग शिल्ड  अन्तरगत फुटवल र क्रिक्रेट  प्रतियोगिताका  छात्रालाई समेत समावेस गराईएको छ ।
प्रतियोगितामा झापा क्षेत्र नम्बर ५ बाट सामुदायिक र निजि गरी जम्मा ७८ वटा विद्यालयहरु सहभागी छन् । प्रतियोगितामा प्रत्येक खेलबाट प्रथम र द्वितीय हुने  टिमले आगामी  चैत २९ र ३० गते  फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छन्  । त्यसबाट छनौट भएका टिमले २०७५ साल बैशाख ३, ४ र ५ गते चन्द्रगढी खेलमैदानमा दशौं राष्ट्रपति रनिङ्ग शिल्ड का लागी प्रतिस्पर्धा  गर्ने बताइएको छ ।

झापा क्षेत्र ५ का लागि शुक्रबारबाट कमल गाउँपालिका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

 

प्रतिकृया दिनुहोस