मिस एसईईमा ड्रिम्स वल्र्डलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरको साथ


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २३ 15:24:07

33482-20180406152407.jpg

बिर्तामोड । मिस एसईई प्रोविन्स वानलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले साथ दिएको छ । 

एसईई परीक्षा दिएर बसेका छात्राहरुको प्रदेश नम्बर १ स्तरीय प्रतियोगिताका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नर मुख्य प्रायोजक बनेको हो ।

आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट र एजुकेशन कर्नरबीच मुख्य प्रायोजकका लागि सहमती भएको ड्रिम्स वल्र्डका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिएका हुन् । 

एजुकेशन कर्नरले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया, युएसए, न्यूजील्याण्ड, जापान, तथा युरोपियन मुलुकमा पठाउँदै आएको निर्देशक सुनिल उप्रेतीले बताए । 

मिस एसईई प्रोविन्स वानको छनौट कार्यक्रम आगामी चैत २८ गते शुरु हुँदैछ ।  प्रदेश नम्बर १ का १४ वटै जिल्लाका सहभागी समावेश गर्ने उद्देश्यले झापाको बिर्तामोड र दमकमा अडिसन गरिँदैछ ।

यस्तै इलाम, बिराटनगर, धरान र इटहरीमा छनौट कार्यक्रम राखिएको ड्रिम्स वल्र्डको प्रबवन्ध निर्दैशक प्रणित पुडासैनीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस