झापा भलिवल संघलाई जर्सी र ट्रयाक सुट


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २३ 10:49:28

33472-20180406104929.jpg

दूधे । भलिवल खेलमा अब्बल झापा भलिवल संघलाई सुरुङा र दूधेका दुईवटा निजि विद्यालयले शुक्रबार जर्सी र ट्रयाक सुट प्रदान गरेका छन् ।

कनकाई नगरपालिका स्थित सुरुङ्गाको पशुपति अंग्रेजी माध्यमिक विद्यालयले ट्रयाक सुट र दूधेको क्याम्ब्रिज बोडिङ्ग स्कुलले जर्सी प्रदान गरेको शिवसताक्षी भलिवल संघका अध्यक्ष भिम लिवाङले जानकारी दिए । कनकाई नगरको लाईन्स क्लव अफ सुरुङ्गाले पनि जर्सी प्रदान गरेको छ । यस्तै कनकाई नगरका सामाजिक अगुवा कुमारमणि भट्टराईले पनि १५ हजार मूल्य बरावरको खेल सामाग्री प्रदान गरेको झापा फुटवल संघका कोषाध्यक्ष राजु पाठकले बताए ।

झापालाई भलिवल खेलको माध्यमबाट मुुलुकमा चिनाउन सफल जिल्ला भलिवल संघको उत्साहलाई प्रेरणा थप्न खेल सामाग्री प्रदान गरिएको दाता क्याम्ब्रिज वोर्डिङ्ग स्कुलका संस्थापक प्रिन्सीपल राम सुहाङ्गले वताए । उनले भने, झापा फुलवलमा त्यसै अगाडी छ । अव भलिवलमा पनि अव्वलताको साख कायम राख्न झापा भलिवल संघले सक्ने छ ।
यसैबीच दूधे रंगशाला गएको चैत्र १२ गतेदेखि शुरु भलिबल प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई प्रंशसा पत्र प्रदान गरिएको छ । प्रशिक्षणमा २० खेलाडी सहभागी थिए । चैत्र २७ गतेदेखि संखुवासभामा संचालन हुने भलिवलको दोश्रो रेजिना कपमा सहभागी खेलाडीलाई प्रशिक्षण प्रदान गरिएको हो ।

शिवसताक्षी भलिवल संघका अध्यक्ष भिम लिवाङ्गका अनुसार झापाका १५ वटै स्थानीय तहमा रहेका भलिवल क्लवबाट छनौट गरिएका कम्तिमा १ खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको थियो । राष्ट्रिय भलिवल प्रतियोगितामा खेलेका अनुभवी खेलाडी नविन रिजाल, विमान खड्का, सरोज चम्लागार्इं, दिपेन मल्लिक, रोहित शिवाकोटी लगायतको टोलीले प्रशिक्षण दिएको हो । संघका अनुसार उनीहरुको टिम नै संखुवासभामा रेजिना कप खेल्न जाँदैछ । झापा फुटवल संघ रेजिना कपको साविकको विजेता हो ।

 

प्रतिकृया दिनुहोस